डेरी उद्योगमा नगरपालिकाको अनुगमन

भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरेको छ । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको गोराले बताए ।अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताए । कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्व

सम्बन्धित सामग्री

अनुगमन टोलीद्वारा अखाद्य वस्तु नष्ट

रौतहट । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगमा अखाद्य वस्तु पाइएपछि नष्ट गरिएको छ । साथै सो उद्योगमा प्रहरीले  सिलबन्दी पनि गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले डेरी उद्योगमा अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको हो । डेरी उद्योगबाट भैंसीसहितका विभिन्न पशुको बोसो र केमिकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । सो कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा पनि लिएको छ । डेरी सञ्चालक महम्मद मतिउल्लाह, शेख समिम, इफान खान र समसे आलम पक्राउ परेका रौतहट प्रहरीले जानकारी दिएको छ । डेरी उद्योगमा १० क्विन्टल केमिकल र जनावरको बोसो भण्डार गरी राखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । अखाद्य सामग्री मिसावट गरेर दही, घ्यू विक्री वितरण गर्दै आएको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, गौर नगरपालिकाका प्रतिनिधि समेतको रोहबरमा उद्योगमा सिलबन्दी गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मंलगवामा बरामद भएका अखाद्य वस्तु परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ । भारतबाट चोर बाटो भएर नेपालमा अखाद्य वस्तु भित्र्याइएको बुझिएको छ । केही साताअघि इशनाथ नगरपालिकाको मठियाबाट सशस्त्र प्रहरीले २७ ड्रम अखाद्य पदार्थ मिसिएको घिउ बरामद गरेको थियो । उक्त अखाद्य घिउ फूलतारा डेरीकै रहेको प्रहरीले बताएको छ । उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिएको घिउ स्थानीय बजार गौरसहित काठमाडौंसम्म पुग्ने गरेको छ ।

वीरेन्द्रनगरमा चाडपर्व लक्षित बजार अनुगमन

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेका विभिन्न पसल, व्यवसाय अनुगमन गरिएको छ । नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगर प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । टोलीले सुर्खेतको खसी वधशाला, मासु बिक्री केन्द्र तथा डेरी उद्योगको अनुगमन गरिएको वीरेन्द्रनगर नगरपालिका उद्योग तथा नियमन शाखा प्रमुख इन्द्रबहादुर थापाले बताए  । खसी वधशाला, मासु बिक्री केन्द्र तथा डेरी उद्योग अनुगमनका क्रममा केही पसल मापदण्डअनुसार सरसफाइ नभएको, कतिपय पसलमा मूल्यसूची टाँस नभएको, कुनै पसल सम्बन्धित निकायमा दर्ता प्रक्रियामा नगएका र खाद्य अनुज्ञापत्र प्राप्त नगरेका देखिएकाले उनीहरुलाई मापदण्डअनुसार प्रक्रिया पूरा गर्न सचेत गराइएको थापाले जानकारी दिए  । अनुगमन गरिएका पसल तथा ग्राहकलाई सचेतनाका लागि पर्चा पप्लेटसमेत वितरण गरिएको उनले बताए  । दशैं, तिहारजस्ता पर्वलाई लक्षित गरी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । उपभोक्ताले भने चाडवाडभन्दा पनि निरन्तर बजार अनुगमन गर्न आग्रह गरेका छन् ।