काठमाण्डाै - पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाण्डाै उपत्यकाका नागरिकले भोग्नुपरेको छ ।
पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाण्डाै उपत्यकाको १८ पालिकाकाे फोहर व्यवस्थापन कार्य रोकिएको छ । अहिले फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटमा रहेकाे सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्ग...