काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका-६ घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बस्दै आएका ३५ वर्षीय जनकराज हमालसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको बा९८प ७१५८ नम्बरको मोटरसाइकलमा सवार थिए […]