सिन्धुलीकी ३१ वर्षीया मनिता मोक्तान (नाम परिवर्तन) एक छोरी र एक छोराकी आमा हुन् । ‘दुई सन्तान, ईश्वरका वरदान’ भनेझैं उनी स्थायी बन्ध्याकरण गरेर सुखी जिन्दगी बिताउन चाहन्छिन् । तर श्रीमान्ले इजाजत नदिदा करिब ६ वर्षको अवधिमा उनले दुई पटक गर्भपतन गराइसकिन् । उनका श्रीमान्ले स्थायी बन्ध्याकरण गरे तिमीलाई गाह्रो हुन्छ भन्दै बारम्बार अस्थायी साधन प्रयोगमै जोड दिन्छन् ।‘फरक फरक अस्थायी साधन प्रयोग गर्दा शारीरिक रुपमा कमजोर महशुस हुन्छ । तर श्रीमान्ले न स्थायी बन्ध्याकरण गर्न दिन्छन्,