सर्पले डसेर वालिङका १ जनाकाे ज्यान गयाे

स्याङ्जा – सर्पले डसेर स्याङ्जाको वालिङ नगरपालिकाका एक जना पुरुषकाे ज्यान गएकाे छ ।  सर्पले डसेपछि उपचारका लागि गह्राैँ प्राथमिक अस्पताल ल्याइएका वालिङ–८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाँणको ज्यान गएकाे वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । गए राति सर्पले डसेपछि खाँणलाई उपचारका लागि अस्पताल ल्याइएकाे थियाे । उहाँकाे आज मङ्गलवार बिहान ४ बजे ज्यान गएकाे हाे ।   खाँणको बायाँ हातका दुई ठाउँमा सर्पले डसेको थियो । सर्प करेत जातस...