नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ मात्रै पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तह आंशिक रुपमा विद्युतीकरण भएका छन् भने ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुऱ्याउनै सकेको छैन । प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क २०७९ अनुसार कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युत् पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशतले राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडबाहिरबाट विद्युत् पाएका छन् ।