पुँजीवाद, दलाल पुँजीवाद र नेपाली समाज

सामन्तवादी राज्य सत्ताको रूपान्तरित व्यवस्था पुँजीवादी व्यवस्था हो । यस व्यवस्थामा अधिकांश जमिनका मालिक, मुखिया र सामन्तहरू नयाँ ढङ्गको (औद्योगिक) योजनासहित सहभागी भएका हुन्छन् । स्वतन्त्र आर्थिक क्रियाकलाप, उद्योगपतिद्वारा राजनीतिमा हस्तक्षेप, राज्य सत्तामा सम्भ्रान्त वर्गको विशेष स्थान र पुँजीपतिहरूको प्रमुख भूमिका पुँजीवादी व्यवस्थाका मुख्य विशेषता हुन् । ९० को दशकमा सोभियत कम्युनको पतन भएदेखि एकलौटी रूपमा पुँजीवाद विश्व थर्काउने व्यवस्थाका रूपमा परिचित छ । यसलाई पुँजीवादी साम्राज्यवादको नामल