शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी (भिडियो)

काठमाडौँ- काठमाडौँको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।  मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् ।  आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।