बाराको कोहल्बी नगरपालिकाको मतगणना रोकिएको छ। पूर्वाग्रही ढंगले मतपरिणाम सुनाएको भन्दै राजनीतिक दलका कार्यकर्ताले बिरोध गरेपछि मतगणना रोकिएको निर्वाचन अधिकृत राजेन्द्र थापाले बताए। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार कोहल्बीमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। मतगणना स्थगित भएपछि कांग्रेसले निर्वाचन अधिकृत र कर्मचारीहरु परिवर्तन गरेर चाँडै मतगणना सुचारु गर्नुपर्ने माग गरेको छ।