स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत

प्रधानमन्धी पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।

सम्बन्धित सामग्री

पेशागत महासंघले माग्यो मन्त्रीहरु बस्नेत र ज्वालाको राजीनामा

१० फागुन, काठमाडौं । नेकपा एमाले निकट पेशागत महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले मन्त्रीहरु बस्नेत र ज्वालाको राजीनामा मागेको हो । दुई युवाको ज्यान गएको बालकुमारी घटनाको छानबीन गर्न गठित आयोगले समेत मन्त्री ज्वालालाई दोषी […]

कांग्रेसबाट तीन मन्त्री थपिए : कानुनमा धनराज गुरुङ र स्वास्थ्यमा मोहन बस्नेत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका ३ सांसदहरुलाई मन्त्रीमा नियुक्त गरेका छन्। उनले धनराज गुरुङ, मोहनबहादुर बस्नेत, डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।