‘नागरिक एप’बारे आवश्यक सुझाव दिन प्रयोगकर्तासँग मन्त्री गुरुङको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारद्वारा सञ्चालित ‘नागरिक एप’ परीक्षणको क्रममा रहेकाले थप गर्नुपर्ने सेवा सुविधा तथा सुधारबारे सुझाव दिन नागरिकहरुमा आव्हान गर्नुभएको छ । डिजिटल नेपाल अभियानले हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउने कडी भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आज सो आव्हान गर्नुभएको हो । सरकारी कामलाई पारदर्शी बनाउन र नागरिकको हातहातमा सरकारी सेवा पु¥याउन सरकारले गत शुक्रबार नागरिक एप परीक्षणकोरुपमा सञ्चालनमा ल्याएको थियो । नागरिक एप सञ्चालन भएको आज चार दिनमा २ लाख ३३ हजार ३४ जनाले एप डाउनलोड गरेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्री गुरुङको प्रेस संयोजक सन्तोष खड्काकाअनुसार एप सञ्चालन भएपछि दैनिक ५८ हजार २५८ जनाले एप डाउनलोड गरिरहेको बताउनुभयो । नागरिक एप डाउनलोड गरेपछि त्यसबाट स्थायी लेखा नम्बर लिन सकिने, शैक्षिक विवरण प्राप्त गर्न सकिने, नागरिक लगानीकोषमा जम्मा भएको रकम र ऋणबारे जानकारी पाउन सकिने, सञ्चयकोषमा भएको जम्मा रकम तथा ऋणबारे जान्न पाइने, सामाजिक सुरक्षा कोषबारे जानकारी, मतदाता परिचयपत्र बारे जानकारी, हेलो सरकारमा गुनासो गर्न पाइने, राहदानी तथा नागरिकता बारे जानकारी पाउन सकिने सुविधा राखिएको छ । एपको प्रयोगले नागरिकको खर्च जोगिने, समयको बचत हुने तथा सरकारी कामकाज समेत पारदर्शी र भरभर्दो हुने उद्देश्यले सरकारले माघ २ गते नागरिक एप परीक्षणका लागि सञ्चालनमा ल्याएको थियो । ‘सञ्चार र सूचना प्रविधिको टेवाः हातहातमै सरकारी सेवा’ नाराकासाथ शुरु भएको एपप्रति विशेषगरी युवाहरुको आकर्षण बढी देखिएको मन्त्रालयको भनाई छ । नागरिक एप लागु भएपछि शुरुमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेको विवरणलाई प्रयोग गरी नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । सरकारले आगामी दिनमा राष्ट्रिय परिचयपत्र समेतलाई त्यसमो जोड्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । एप डाउनलोडमा सामान्य कठिनाई आएको प्रयोगकर्ताबाट गुनासो आएपनि प्रयोगकर्ताको आफ्नै नामको सीम नहुँदा विवरण प्रकाणिकरणमा जटिलता देखिएको मन्त्रालयको भनाई छ । नागरिक एप सही ढङ्गले सुचारु गर्न प्रयोग कर्ताको आफ्नै नामको सीमकार्ड हुँदा सहज हुने सरकारले भनेको छ । प्राविधिक टोलीले सो जटिलता सुधार गर्नमा काम गरिरहेको जनाएको छ ।

सम्बन्धित सामग्री

दिगो विकासका लागि शिक्षामा लगानी आवश्यक: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गराज पोखरेलले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।...

मन्त्री साउद भन्छन् : परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक छ

२५ असार, काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा न्यूनतम जनशक्ति पनि नभएको भन्दै उनले ओएनएम सर्भे गर्नुपर्ने बताए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘रि–स्ट्रक्चरिङ गर्नुपर्ने कुरा र ओएनएम गर्नुपर्ने कुरा मैले भनिसकेको थिएँ । यसमा जति परराष्ट्र मन्त्रालयलाई दायित्व दिइएको […]

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक छ: मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन्।...

उद्योगको क्षमता बढाउन आवश्यक छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् ।आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए । मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै […]

उद्योगको क्षमता बढाउन आवश्यक छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेकाउद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सांसदहरुलेउठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले...

उद्योगको क्षमता बढाउन आवश्यक छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् । आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए ।  मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै चल्न सकेको भन

संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक छ : मन्त्री झाँक्री

धनकुटा । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छन् । नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको […]

सुदूरपश्चिममा गठबन्धन आवश्यक छैन : मन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन आवश्यक नरहेको बताएका छन्। पार्टी विस्तारको लागि बाजुरा पुगेका मन्त्री सोडारीले पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत...

एमसीसी नेपाललाई आवश्यक छ, जसरी पनि पास गराउनुपर्छ - मन्त्री कार्की

सुनसरी – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशकाे विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनुभएको छ । आज शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी देशकाे विकास र समृद्धिका लागि आवश्यक रहेको बताउनुभएको हो । उहाँले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनुपर्ने बताउनुभयो ।उहाँले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति ...