फोटोफिचर: सिन्दुरले रंगियो मध्यपुरथिमी

मध्यपुरथिमी क्षेत्रका बासिन्दाले शुक्रबार बिहान सिन्दुरे जात्रा मनाएका छन् । स्थानीय भाषामा सुथः सिया भनिने जात्रामा एक आपसमा सिन्दुर दलेर र छयापाछाप गर्दै धुमधामका साथ जात्रा मनाइएको छ । जात्रामा धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर विभिन्न ठाउँका खट बोकेर बालकुमारीमा गइ भव्यताका साथ जात्रा मनाउने परम्परा छ ।