वर्षमान पुनको स्पष्टोक्ति : सरकारलाई पार्टी र संसदबाट असहयोग भएकै थिएन

धनकुटा : नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म कुनै असहयोग नगरेको प्रस्ट पारेका छन्। ओली सरकारमा झण्डै तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका पुनले पार्टीले बरु सहयोग पुर्‍याएको बताए।पार्टीका अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री मानेका व्यक्तिले संविधानमाथि घात गरेपछि बाध्य भएर आफूहरुले विरोध गर्नुपरेको उनको भनाइ थियो। तीन वर्षसम्म सरकारले संसदमा पेस गरेका नीति तथा कार्यक्रम र बजेट तथा सरकारका तर्फबाट पे