एमालेले सत्ता गठबन्धनलाई एक ध्रुवको शत्रु मान्यो, सच्यायो योगेश र गोकर्णको वरियता

‘सत्ता गठबन्धनले नेपालको राष्ट्रिय राजनीतिलाई दुई ध्रुवमा विभाजित गरिदिएको छ । एउटा ध्रुवको नेताका रुपमा हाम्रोपार्टी खडा भएको छ र अर्को ध्रुवका रुपमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धन छ । सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिहरूको सामना गर्ने क्रममा हामीले आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुनेछौं’