दिगो विकासमा स्थानीय तहको भूमिका

सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गर्दै स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने हरेक स्थानीय तहको लक्ष्य हो । स्थानीय आर्थिक विकास समृद्धिको आधार र रणनीतिक कार्ययोजना हो । स्थानीय आर्थिक विकासका लागि आधारभूत संरचना तथा अनुकूल वातावरण बन्दै गरेको अवस्था भए तापनि पालिकाहरू स्थानीय आर्थिक विकासमा योजनाबद्ध रूपमा लागिपरेको अवस्था छैन । स्थानीय आर्थिक विकासका आधारहरू सहकारी संस्था, बेरोजगार जनशक्ति, ऊर्जा, बैङ्क तथा वित्तीय संस्थाको उपस्थिति, पहुँचमार्ग, अधिकारसम्पन्न स्थानीय तह, निर्वाचित स्थानीय जनप्रतिनिधि, उत्पादनका लागि आवश्यक भूमिलगायत प्रायः सबै आधार उपलब्ध छन् । केवल सहकार्य र समन्वयको माध्यमबाट पंँुजी निर्माण र लगानीको वातावरण सिर्जना गरे मात्र पुग्ने अवस्था छ ।