संयुक्त अरब इमिरेट्स (यूएई)बाट बिदामा घर जाने तयारी गर्दै थिएँ । कम्पनीबाट बिदा पास पनि भयो । घर जाने भनेपछि मन फुरुङ्ग भएको थियो । त्यो समयमा अहिले जस्तो सहज रूपमा हवाई टिकट पाइँदैन थियो ।
सिधा उडान नपाउने त होइन । तर सिधा उडान महँगो थियो । तर पनि मैले यसपालि भने सिधा उडानको नै टिकट काट्छु भन्ने सोचेको थिएँ । यूएईदेखि काठमाण्डौको सिधा उडानको टिकट काट्नकै लागि भनेर ट्राभल एजेन्सीमा पुगेँ ।
ट्राभलमा कुराकानी गर्दै जाँदा मनस्थिति बदलियो । टिकट काउन्टरमा भारतीय नागरिक थिए । उनले मलाई दिएको सल्लाह...