स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई उम्मेदवार बन्नबाट रोक्ने निर्वाचन निर्वाचन आयोगको मापदण्डप्रति निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कडा आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो मापदण्ड व्यवसायीको हित विपरित मात्र नभएर संविधानकै मर्म विपरित समेत रहेको बताएको छ । यस्तो मापदण्ड नेपालको संविधान २०७२ को मर्म विपरित रहेको भन्दै महासंघले तत्काल संशोधन गर्न समेत माग गरेको छ । संविधानको धारा १७ को उपधारा (२) को खण्ड (ग) मा राजनीत