नेपाली फिल्म हलको छाता संस्था नेपाल चलचित्र संघ अहिले आन्दोलित छ । चलचित्र विकास बोर्डले पछिल्लो समय ल्याएको ‘रिलिजको एक साता अगाडि नै फिल्म सेन्सर गर्नुपर्ने’ नियमको विरोध गर्दै संघ आन्दोलनमा उत्रिएको हो ।बोर्डको नियमले चलचित्र हल संकटमा परेको र ब्यवसाय बचाउनुपर्ने परिस्थिति आएको संघको भनाइ छ । संघले गत पुस १ गते देशभरका सबै सदस्यलाई पत्र लेख्दै बोर्डको गलत निर्णयमा आन्दोलनमा उत्रिन आह्वान समेत गरिसकेको छ ।आन्दोलनको पहिलो चरणस्वरुप पुस ६ गते बुधबार देशभरका हल ब्यावसायीहरुको बृ