काठमाडौं । सुकुमेललाई मसलाको रानी मानिन्छ । यसमा अनेक औषधीय गुण पनि हुन्छ । विश्व बजारमा सुकुमेलको माग धेरै नै छ । सुकुमेलको बोट बाह्रै महिना हरियो हुने भएकाले यसलाई बाह्रै महिना हरियो रहने मसला बाली पनि भनिन्छ । नेपालमा सुकुमेलको उत्पादन कुनै–कुनै स्थानमा फाट्टफुट्ट देखिए पनि व्यवसायिक खेती भने अझै हुन सकेको छैन । […]