सशस्त्रमा ७० जना डीएसपीको पद खाली, एक अधिकृतलाई बढुवा गर्न आईजीपीको चलखेल

सशस्त्र प्रहरी बलमा ७० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) खाली हुँदा पनि बढुवा हुन सकेको छैन ।  बढुवा नहुँदा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालमाथि भने नियमावली संशोधनमा अल्झिएको आरोप लागेको छ ।  इन्स्पेक्टरमा भर्ना भएकाहरू १६ वर्षदेखि बढुवा हुन पाएका छैनन् । त्यसलाई पनि उनले घर जाने बेलामा लत्याएर अझ लम्ब्याउन खोजेको आरोप आईजीपी खनालमाथि लागेको छ ।  ‘१६ वर्ष एउटै पदमा जागिर खायौं माथि ७० जना खाली छ तर बढुवा हुँदैन,’ एक इन्स्पेक्टरले लोकान्तरसँग भने, ‘आईजी सा&rsq...