बैतेश्वर गाउँपालिका : जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक स्कुलमा पढाउनुपर्ने

दोलखा : बैतेश्वर गाउँपालिकाले राज्यको स्रोतबाट तलब भत्ता बुझ्दै आएका सबैलाई  सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको छ। आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले बैतेश्वर निजामती कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता, सामुदायिक सिकाइ केन्द्रका परिचालक लगायत राज्य स्रोतबाट तलब भत्ता बुझ्ने अन्य कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पठनपाठन गराउनुपर्ने निर्णय गरेको अध्यक्ष छवि लामाले जानकारी दिए। शैक्षिक गुणस्तर सुधार्ने