कांग्रेसले सरकारी निवास बालुवाटारमा बैठक नराख्ने

काठमाडौं :  सत्तारुढ नेपाली कांग्रेस पार्टीभित्र हुने औपचारिक बैठकहरू अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नहुने भएका छन्।साउन १ गते बालुवाटारमा पदाधिकारी बैठक बोलाएपछि चौतर्फि आलोचना भएकाे थियाे। कांग्रेसले आगामी दिनमा औपचारिक बैठकहरू सरकारी निवासमा आयोजना नगर्ने निर्णय गरेको हो।महामन्त्री पूर्णबहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै कांग्रेसले औपचारिक बैठकहरू बालुवाटारमा आयोजना नगरिने निर्णय गरिएको जानकारी दिए।उनले एक ट्वीट लेख्दै विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली