नेपाल प्रहरी खेलकुद समिति र स्पेनिस खेल सामाग्री उत्पादन कम्पनी केल्मीबीच खेल सामग्री प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल प्रहरीको महिला / पुरुष फुटबल, महिला / पुरुष भलिबल र महिला बास्केटबल टीमलाई कामरू ट्रेडिङ प्रा.लि.ले ४ वर्षका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता पत्रमा नेपाल प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र केल्मीको आधिकारिक बिक्रेता कामरू ट्रेडिङ प्राइभेट लि...