चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखुखेतीबाट निरुत्साहित हुँदै अन्य खेतीतर्फ लागेका

सम्बन्धित सामग्री

उखु बिक्री गरेकाे ९ महिना बितिसक्दा पनि किसानले अनुदान रकम पाएनन्

सर्लाही – सर्लाहीका उखु किसानले सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको रकम अझैसम्म पनि पाएका छैनन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा उखु किसान समस्यामा परेका छन् । सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल परेको हरिवन नगरपालिका–६ का उखु किसान रामउदगार महतोले  गुनासो गर्नुभयो । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि  उखुको समर्थन मूल्य प्रतिक्विन्टल छ सय १० रुपैयाँ निर्धारण गरेको थियो । ...