सिन्धुलीको कमलामाई नगरपालिकाले युवा व्यवसायीलाई बिनाधितो निब्र्याजी ऋण लगानी गर्न सुरु गरेको छ ।
पैसा नभएका कारण व्यवसाय गर्न सकिनँ भन्नेका लागि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत निब्र्याजी बिनाधितो ऋण लगानी सुरु गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । युवा स्वरोजगार कार्यक्रम सञ्चालक समितिका सद स्य सचिव एवं कमलामाई नगरपालिकाका उद्योग–व्यवसाय तथा प्रवद्र्धन शाखा प्रमुख सुलोचना लुइँटेलका अनुसार पहिलो चरणमा बिहीबार छ जना व्यवसायीलाई एक लाख ५० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म ऋण उपलब्ध गराइएको छ ।
नगरपालिकाका १४ वटै वडाबाट नगरपालिकामा ५३७ जना व्यवसायीको आवेदन परेकामा सातवटा वडाका २१ जना व्यवसायी ऋण लगानीका लागि छनोट भएका र तीमध्ये छ जनालाई नगरप्रमुख खड्गबहादुर खत्रीले चेक ह स्तान्तरण गर्नुभएको उहाँले जानकारी दिनुभयो । आवेदन दिएकामध्ये नगर युवा स्वरोजगार ऋण लगानी समितिले स्थलगत अनुगमन गरी ऋण लगानी गर्न २१ जना व्यवसायी छनोट गरेको उहाँको भनाइ छ ।