गरिमा विकास बैंकले ल्यायो ‘सजिलो घर कर्जा योजना’

गरिमा विकास बैंकले सजिलो घरकर्जा योजना ल्याएको छ । आफ्नै घर बनाउन चाहनेहरूका लागि बैंकले ‘सजिलो घर कर्जा योजना’ ल्याएको हो । यो योजनाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदरमा कर्जा लिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए । बैंकका अनुसार यो योजनामा सहभागी ग्राहकले कर्जा लिँदा २ वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सक्ने छन् । लागत बराबरको सम्पूर्ण कर्जा सुविधा उपलब्ध गराउने पनि बैंकले जनाएको छ ।