कृषि विकास बैंकको नयाँ शाखा नेपालगञ्जको  पिपरीमा

असोज ५, काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा नेपालगञ्जको  पिपरीमा स्थापना भएको छ । उक्त शाखको उद्घाटन हालै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषिलाई नछोड्ने अरुलाई जोडने बैंकको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।  कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधि मैत्री वनाउन कृषि विकास वैंकले किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बताउँदै उनले यसको प्रयोगवाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरीद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने धारणा राखे ।          उक्त कार्यक्रममा कृषि विकास बैंक लिका उपमहाप्रवन्धक प्रताव सुवेदीले कृषि वैंकवाट प्रवाह गर्ने सवै बैकिङ्ग सुविधाका बारेमा बारेमा जानकारी गराएका थिए ।