रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन विद्यालय भवनको निर्माण रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माणको काम रोकिएको हो ।
भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाइएपछि पुथा उत्तरगंगा गाउँपालिकाबाट गएको अनुगमन टोलीले काम रोकेको हो । गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको टोलीले प्राविधिक मूल्याङ्कनअनुसार काम नभएको पाएपछि काम रोक्न निर्देशन दिएको हो ।
उपाध्यक्ष भुपेन्द्रा बुढाले सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलेको, गिट्टी र ब...