गण्डकीमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

काठमाडौं। गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गरेका छन्। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले देखापढीसँग भने, “तीन दल मिलेर विशेष अधिवेशन बोलाउन माग गरेका छौं।” विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने तयारी छ। केहीबेर अघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।