काठमाण्डौ – राष्ट्रिय बाल अधिकार परिषद्ले बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा झण्डै एक सय बालगृह सम्पर्कमा नआएको जनाएको छ ।
परिषद्का सूचना अधिकारी रामचन्द्र चन्द्रले असार मसान्तसम्म चार सय १७ बालगृह सञ्चालनमा रहेकोमा बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम अनुमतिपत्र वितरण प्रक्रियामा झण्डै एक सय बालगृह सम्पर्कमा नआएको बताउनुभयो ।
अनुमतिपत्र प्रदान गर्ने प्रक्रियामा एक/डेढ सय बालगृह अनुमतिपत्र प्राप्त गर्ने म्याद सकिएपश्चात पनि सम्पर्कमा आएको तर सञ्चालनमा रहेका एक सय बालगृह अझै सम्पर्कम...