आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गर्न एमाले सचिव भट्टराईको माग

नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसा भड्काउने भाषण दिएकी मन्त्री रेणु यादवलाई हटाउन माग गरेका छन् ।  बिहीवार राति अबेर सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सचिव भट्टरार्ईले यादवलाई मन्त्री पदबाट नहटाउने हो भने कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्ने समेत बताएका छन् ।  उनले लेखेका छन्, 'प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप  भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।' ...