रुसले युक्रेनलाई आक्रमण गरेको फागुन ११ मा दुई वर्ष पूरा भएको छ । यस युद्धबाट कसले जित्ने र को हार्नेभन्दा पनि विश्व समुदाय र मानवताले हारेको छ । आफ्नो देशको क्षणिक स्वार्थ र शक्तिका भरमा कमजोर देशलाई हेप्ने, पेल्ने त विश्वका हरेक ठूला देशको नियत र हेपाहापनको पराकाष्ठा हो । शक्तिको दुरुपयोग हो ।