मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील रहेको बताएका छन् ।  बिहीबार काठमाडौंमा उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित ई–कमर्शको शुभारम्भ गर्दै मन्त्री बडूले आगामी आर्थिक वर्षको बजेट र नीति तथा...