अदालतले फेरि रोक्यो समय् फल्चाको पुनर्निर्माण

३१ भदौ, काठमाडौं । समय् फल्चाको पुनर्निर्माण फेरि रोकिएको छ । लामो समयको कानुनी लडाइँपछि गत भदौ २४मा शिलान्यास भएर निर्माण शुरु भएको फल्चाको पुनर्निर्माण बुधबारदेखि रोकिन पुगेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिँदै निर्माण रोकेको हो । फल्चा बन्दै गरेको स्थानभन्दा पछिल्लो भागमा रहेको लालीगुराँस […]