युनियन लाइफ इन्स्योरेन्सले जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट यो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । जीवन आवरणमा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ । बीमा अवधि भित्र कालगतिले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी, दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ बापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ ।