खानेपानीमा विद्युत् माग शुल्क मिनाहा

सरकारले खानेपानी उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत् डिमान्ड शुल्क मिनाहा गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत खानेपानीको उपयोग गर्दा तिर्नुपर्ने बिजुलीको डिमान्ड शुल्क मिनाहा दिने भएको हो ।