बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

काठमाडौँ– नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । राजधानी पटनामा राज्यपाल फागू चौहानलाई भेटेर उनले आफ्नो राजीनामापत्र हस्तान्तरण गरेको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ । केन्द्रमा सत्ता चलाइरहेको भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीएसँग) खटपट उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका हुन् […]

सम्बन्धित सामग्री

बिहारका नितिश कुमार : राजीनामाको नौटंकी, दोधारमा गठबन्धन !

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई माया गरेर बोलाउने नाम हो- नितिश बाबु। उनै नितिश बाबुबारे भारतीय राजनीतिक वृत्तमा एउटा ‘जोक’ चर्चित छ- नितिश बाबु यस्ता नेता हुन्, जो मुख्यमन्त्री हुँदाहुँदै मुख्यमन्त्री पदबाट राजीनामा दिन्छन्, ताकि उनी फेरि मुख्यमन्त्री बन्न सकुन्। हालै नितिश कुमारले कांग्रेस र राष्ट्रिय जनता दल आरजेडीसँगको ‘महगठबन्धन’ परित्याग […]

कमजोर संगठन भएका नितिशकुमार कसरी लगातार १६ वर्ष बिहारको मुख्यमन्त्री रहन सके ?

नितिशकुमारले मंगलबार अचानक भाजपासँगको गठबन्धन तर्फको मुख्यमन्त्रीबाट राजीनामा दिए । उनले राज्यका गभर्नर फागु चौहानलाई भेटेर बिहारको मुख्यमन्त्रीबाट राजीनामा बुझाएका हुन् । र एक पटक फेरि उनी राजदसँग गठबन्धन बनाउन पुगे ।नयाँ सरकार गठनको दावी गर्न राजभवन जाँदा नितिश कुमार, आरजेडी नेता तेजस्वी यादव र जदयू अध्यक्ष लालन सिंह एउटै गाडीमा सबार थिए । उनको यो कदमलाई जदयूका पूर्व अध्यक्ष र केन्द्रीय मन्त्री रामचन्द्र प्रसाद सिंह (आरसीपी सिंह) ले सन् २०२० को जनादेशको धोका बताए । तर जदयू संसदीय बोर्डका

स्याउ भण्डार गर्न मुस्ताङमा कोल्डस्टोर स्थापना

काठमाडौं। स्याउ भण्डार गर्न मुस्ताङमा कोल्डस्टोर स्थापना गरिने भएको छ। त्रिभुवन विश्वविद्यालयबा बीद्यार्थीहरुले नेपाल बैंकमा इन्टनसिप गर्न पाउने भएका छन् । विद्युत प्राधिकरणको नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । सानिमा बैंकले बिना धितो १० लाख रुपैयाँ ऋण दिने भएको छ। मंगलबार बिहारका मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमार फेरि बिहारको मुख्यमन्त्री बनेका छन्।

आठौँ पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

नितिश कुमारले बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । उनीसँगै तेजस्वी यादवले पनि शपथ लिएका छन् । राजभवनमा आयोजित एक कार्यक्रममा बिहारका राज्यपाल फागु चौहानले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।एक दिन अघि, नितिश कुमारले एनडीए गठबन्धनसँग सम्बन्ध तोड्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनले राष्ट्रिय जनता दलसँग मिलेर नयाँ सरकार बनाउने दाबी गरेका थिए ।नितिश कुमारले १६५ विधायकको समर्थन रहेको दाबी गरेका छन् । सन् २०२० को विधानसभा चुनावमा नितिश कुमारले बीजेपीसँग चुनाव लडेका थि

आठौँ पटक बिहारको मुख्यमन्त्री बन्दै नितिश कुमार, सात दलको समर्थनमा

काठमाडौं । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएका जनता दल (युनाइटेड)का नेता नितिश कुमार बिहारको आठौँ पटक मुख्यमन्त्री बन्ने भएका छन् । अन्य सात दलको समर्थनमा आज कुमारले आठौ पटक बिहारको मुख्यमन्त्रीको रुपमा सपथ लिने भएका छन् । राजद–कांग्रेससहित ७ दलको सहकार्यमा नितिश कुमारले बुधबार राजभवनमा आठौँ पटक मुख्यमन्त्रीको सपथ लिने भारतिय […]

२४ घण्टा नवित्दै सत्तामा फर्किए नितिश, विजेपीको समर्थनमा १० बजे सपथ ग्रहण

काठमाडौं । सत्ता गठबन्धनमा दरार आएपछि बुधबार विहारका मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमार बिहीबार फेरि सत्तामा फर्कँदै छन् । राष्ट्रिय जनता दलको समर्थनमा यस अघि मुख्यमन्त्री बनेका नितिश कुमारले भारतीय राष्ट्रपति निर्वाचनमा मतदानको विषयमा कुरा नमिलेपछि बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए ।