नियुक्तिमा संविधानको धारा उल्लेख गर्नुपर्ने देउवाको अडानले पछि धकेलियो प्रधानमन्त्रीको सपथ

‘राष्ट्रपति र प्रधानमन्त्रीबीच सम्बन्ध सुमधुर हुनुपर्छ भनेरै सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर नियुक्ति पत्रमा धारा उल्लेख गर्न भनिएको हो,’ देउवा निकट एक नेताले भने, ‘संविधानको धारा अनुसार प्रधानमन्त्री बन्ने भएकोले नियुक्तिमा धारा उल्लेख गर्नैपर्छ भन्ने सभापतिज्यूको अडान रह्यो।’