सरकार बनाउन मधेस–सिट निर्णायक

निर्वाचनको सरगर्मीसँगै नेपालको राजनीतिक वृत्तमा अब कसको सरकार बन्ला भन्ने बहस चलेको छ । बेलायतको ब्रेक्जिट (युरेपेली समुदायबाट बेलायत निस्किने जनमत संग्रह), अमेरिकी राष्ट्रपति ट्रम्पको निर्वाचन र नेपालकै २०५४ को स्थानीय चुनाव (जसमा एमालेले भारी मत ल्याएको थियो) र २०५६ को संसदीय चुनाव (जसमा कांग्रेसले बहुमत ल्याएको थियो) आदिलाई केलाउँदा चुनावी परिणामको प्रक्षेपण गर्न त्यति सजिलो छैन । समय, परिवेश र राजनीतिक माहोलले निर्णायक मतदाता कता मोडिन्छन्, आँकलन गर्न अक्सर गाह्रो हुन्छ ।