काठमाडौं, ४ असार । मिस नेपाल २०२२ कि विजेता प्रियंका रानी जोशी २४ वर्षकी भइन् । उनले ६ वर्ष अघि ऐन भो मोडलिङ प्रतिष्पर्धाको फष्ट रनर अप जितेकी थिइन् । मोडलिङ उनको उद्देश्य थिएन । सन् २०१७ मा मोडलिङ प्रतिष्पर्धामा उपविजेता हुँदा मोडलिङमा करिअर बनाउँछु भनी नसोचेको बताएकी थिइन् । यसलाई मात्र आफ्नो रहर मात्र […]
प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् ।२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ,