अलैंची मासिन थालेपछि किसान चिन्तित

अलैंची मासिन थालेपछि किसान चिन्तित भएका छन् । खोल्सीको कालो सुनका रुपमा परिचित नगदेबाली अलैंची मासिन थालेपछि किसानहरु चिन्तित भएका हुन् । छिर्के, फूर्के र जुरजुरे रोगका कारण अलैंची मासिन थालेपछि किसानहरु घरखर्च चलाउन नै समस्या हुने भन्दै चिन्तित भएका हुन् ।मकैबारी नै मासेर अलैंची लगाएका किसानहरु बाली नै मासिन थालेपछि समस्यामा परेका छन् । […]