काठमाडौँ । साँझ ७ बजे बस्ने गरी नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि छलफल भएको बताइएको छ । आजै साँझ ७ बजे बस्ने गरी बैठक स्थगित गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
काठमाडौँ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक जारी छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसिरहेको छ ।
आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्याउने बताइएको छ ।
काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr
पार्टीभित्र सहमतिको प्रयास गर्न भन्दै गठित नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ ।
गत जेठ २ गते गठन भएको कार्यदलको बैठक ५० दिनपछि बसेको हो ।
गत जेठ ४ गते कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक छन् भने माधव नेपालको तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक छन् ।
संस्थापन पक्षबाट उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट...