स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न सरकारलाई समय आवश्यक परेपछि प्रतिनिधिसभा बैठक सारिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सत्ता गठबन्धनको बैठकले २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी जुटाएपछि आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगन गरिएको हो ।