दक्षिण अफ्रिकी देश बोत्सवानाका लागि पहिलो ओलम्पिक स्वर्ण जितेका लेटसिल टेबोगोलाई भव्य मंगलबार स्वागत गरिएको छ ।ओलम्पिक टोलीलाई राजधानी सहर गेबोरोनमा फर्किएपछि उनीहरूलाई परिवार, बालबालिका, वृद्धवृद्धा, युवा समर्थकले स्वागत गरेका थिए । समर्थकले बोत्सवानाको नीलो र कालो रंगको राष्ट्रिय झन्डा फहराएका थिए ।