सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत पुस्तकहरूको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू सम्पन्न गरिए l उक्त अवसरमा नीति अनुसन्धान र नीति नव-प्रवर्तनको क्षेत्रमा