सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन जिल्ला प्रशासन, बाराद्वारा आह्वान

वीरगञ्ज- सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाराले आह्वान गरेको छ। मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले एक सूचना जारी गरी यस्तो आह्वान गरेका हुन्। जिल्लामा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको, ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदि जग्गाहरू कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता […]

सम्बन्धित सामग्री

सार्वजनिक जग्गा अतिक्रमण, तथ्याङ्ककै अभाव

देशभरका विभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरी पहुँचवालाले एकाधिकार जमाइरहँदा सरकारसँग भने मिचिएका सार्वजनिक जग्गाको यकिन विवरण नै छैन । केही स्थानीय तह आफैँले सार्वजनिक जग्गाको संरक्षण गरे पनि संरक्षण गरिएको जग्गाको यकिन विवरण सङ्घीय सरकारलाई नपठाउँदा संरक्षण भएका जग्गाको पनि अभिलेख एकीकृत हुन सकेको छैन । तीन महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो । मन्त्रालयले परिपत्र गरेपछि अहिलेसम्म तीन सय स्थानीय तहले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने अन्य स्थानीय तहले मन्त्रालयलाई विवरण नै पठाएका छैनन् ।