मिस नेपालका सुन्दरीले देखाए फिटनेस प्रतिस्पर्धामा व्यायाम कौशल

काठमाडौं । मिस नेपाल-२०२३ का महत्वपूर्ण १२ सहविधामध्ये तेस्रो विधा मिस फिटनेसको प्रतिस्पर्धा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । २४ जना सेमिफाइनलिस्ट प्रतिस्पर्धीले फिटनेसको कौशलता प्रदर्शन गरे । जिम, लिफ्टअपसहित अन्य व्यायाममा सुन्दरीले प्रतिभा प्रस्तुत गरे । त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस क्लबमा आयोजित यो प्रतिस्पर्धामा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी र व्यायाम प्रशिक्षकहरु नेहा बानु […]