लकडाउनले बन्द उद्योग सञ्चालनको तयारी

संघीय सरकारले लकडाउन खुकुलो गर्ने निर्णयसँगै कैलालीका उद्योगहरु सञ्चालन गर्न उद्योगीहरु तयारीमा जुटेका छन् । डेढ महिनादेखि बन्द रहेका उद्योगहरु सञ्चालन गर्नका लागि मजदुरहरुको स्वास्थ्य परीक्षण, उनीहरुको आवास र सुरक्षाको व्यवस्था मिलाउन छलफल भइरहेको हो । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्योगीहरुले मजदुरको ¥यापिड टेष्ट गरिदिन सरकारसँग अनुरोध गरिएको बताए । उनले मजदुरहरुले उद्योगमा प्रवेश गरेपछि उद्योगमै खाना र बासको व्यवस्था गरेर उद्योग सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए ।