घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो ।
रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो। पहिरोमा परी एक जना घाइते भएका छन्। आइतबार दिउँसो पौने ३ बजेतिर घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्य
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको […]
दुई दिनदेखिको वर्षाका कारण पहिरो खस्दा घरमै च्यापिएर रोल्पामा ६७ वर्षीया वृद्धासहित दुई जनाको मृत्यु भएको छ । प्रहरीले घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङस्थित बाम्ला गाउँका वृद्धा गौसरी र उनका नातिको मृत्यु भएको जनाएको छ ।
पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।