बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ

काठमाण्डाै – बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गर्नुभएको छ । अमेरिकाको काेलम्बिया ब्राेडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा खुलासासमेत गरेका छन् । दुई घण्टा लामो अन्तर्वार्तामा उनीहरूले जातीवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन् । मेगनले शाही परिवारले आफ्नो छोरा आर्चीको छालाको रङ्गलाई लिएर राजपरिवार...